• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

अमेरिकामा बेलायतको नयाँ कोरोना भाइरस प्रवेश

  • खबरदाता

अमेरिकामा बेलायतको नयाँ कोरोना भाइरस प्रवेश

पौष १५,२०७७

बेलायतमा देखिएको नयाँ स्ट्रेनको कोरोना भाइरस अमेरिकामा पनि देखा परेको छ । कुनै ट्राभल हिस्ट्री नभएका २० वर्षीय ती पुरुष अहिले आइसोलेसनमा रहेका छन् । कोलोराडोमा रहेका उनको सम्पर्कमा रहनेको कनट्याक्ट ट्रेसिङ भइरहेको छ ।

सो भाइरसको सङ्क्रमणले त्रास बढी रहेको समयमा राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले ट्रम्प प्रशासनले सही ढङ्गले भ्याक्सिन वितरण गर्न नसकेको आरोप लगाए । उनले पहिले तयार भएको तालिका अनुसार हुन नसकेको आरोप लगाए ।

विज्ञहरूले यो भाइरस पहिलेको भन्दा चाँडो फैलने भए पनि बढी खतरनाक भएको भने पुष्टि भइनसकेको जनाएका छन् । यस भन्दा अघि क्यानडामा दुई जनमा नयाँ भाइरसको सङ्क्रमण देखा परेको थियो ।

अमेरिकामा अहिले फाइजर र मोर्डना इन्कको भ्याक्सिन वितरण भइरहेको छ । प्रशासनले वर्षको अन्त्यसम्ममा २ करोड जनालाई भ्याक्सिन दिने लक्ष्य राखे पनि अहिलेसम्म २१ लाखलाई मात्र भ्याक्सिन वितरण गरिएको जनाइएको छ । वाइडेनले यो आरोप लगाए पछि ट्रम्पले छिटो र छरितो ढङ्गले काम गर्न प्रान्तीय सरकारले नसकेको गुनासो गरेका छन् ।

जनवरीमा २९ पदभार ग्रहण गर्ने वाइडे नले पहिलो १०० दिनमा १० करोडलाई भ्याक्सिन दिई सक्ने दाबी गरेका छन् । यो लक्ष्य भेट्टाउन ट्रम्प प्रशासनले अहिलेको भन्दा ६ गुणा छिटो काम गर्नु पर्ने दाबी गरेका छन् ।

  • प्रकाशित मिति : पुस १५, २०७७, बुधवार ०२:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८