• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

आज ६१३५ परिक्षणमा ७०८ संक्रमीत थपिए

  • खबरदाता

आज ६१३५ परिक्षणमा ७०८ संक्रमीत थपिए

 

पौष–१४,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ७३१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५१ हजार ३१२ रहेको छ । यो ९६।८प्रतिशत हो।

पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ६१३५ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

आज चितवनमा १६ र काठमाडौं उपत्यकामा ३९८ जना संक्रमित थपिए । देशमा थप ८ जनाले ज्यान गुमाउँदा कुल संख्या १८४० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार १३५जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३६५ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २२८ र भेन्टिलेटरमा ४० जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मुगु ,रुकुम पश्चिम,महोत्तरी ,सर्लाही र सिराहा जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस १४, २०७७, मंगलवार १०:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८