• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सुदूरपश्चिममा ओली पक्षका मन्त्री बोहरा बर्खास्त

  • खबरदाता

सुदूरपश्चिममा ओली पक्षका मन्त्री बोहरा बर्खास्त

पौष १४,२०७७

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।

बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका हुन। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार बोहरालाई संवैधानिक व्यवस्थाअनुसार पदमुक्त गरिएको जानकारी दिए।

तर मन्त्री बोहराले भने आफुलाइ पदमुक्त गरिएको आधिकारिक जानकारी नभएको बताएकाछन।उनि सुदूरपश्चिममा ओली समुहका एकमात्र मन्त्री हुन।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा देखि तल्लो निकाय सम्म पर्न थालेको छ।

  • प्रकाशित मिति : पुस १४, २०७७, मंगलवार ०६:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८