• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

स्पेनमा भ्याक्सिन नलिनेको तथ्याङ्क राखिने

  • खबरदाता

स्पेनमा भ्याक्सिन नलिनेको तथ्याङ्क राखिने

पौष १४,२०७७

स्पेनले कोरोना भाइरसको भ्याक्सिन लिन अस्वीकार गर्ने व्यक्तिको तथ्याङ्क राख्ने तथा यो तथ्याङ्क सबै युरोपेली मुलुकमा पठाउने तयारी गरेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार साल्भाडोर इलाले कोरोना भाइरसबाट मुक्त हुन सबै जनाले भ्याक्सिन लिन जरुरी भएकोमा जोड दिँदै यो कुरा बताएकी हुन् ।

स्पेनमा अहिले फाइजरको भ्याक्सिन वितरण भइरहेको छ । स्वास्थ्यमन्त्रीले भ्याक्सिन अनिवार्य नभए पनि यसको तथ्याङ्क सबै सामु पुग्नु पर्ने बताइन् । भ्याक्सिन नलिनेको कारण सहितको तथ्याङ्क राखिने भएको छ । थुप्रै रोगको उपचार गराइरहेकाले साइड इफेक्टका कारण पनि यो भ्याक्सिन नलिन सक्ने छन् ।

नोभेम्बरमा स्पेनका ४७ प्रतिसतले भ्याक्सिन लिन अनिच्छा राखे पनि अहिले यो घटेर २८ प्रतिशत रहेको छ । मन्त्री इलाले व्यक्तिगत अधिकार भए पनि भ्याक्सिन नलिने निर्णय गलत भएको बताएकी छिन् । स्पेनमा कोरोनाको कारण सोमबारसम्म ५० हजार भन्दा बढीको ज्यान गएको छ भने १८ लाख भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ

  • प्रकाशित मिति : पुस १४, २०७७, मंगलवार ०३:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८