• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

बेलायतबाट नेपाल आएकामा देखियो सङ्क्रमण

  • खवरदाता

बेलायतबाट नेपाल आएकामा देखियो सङ्क्रमण

पौष १३, २०७७
चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । तीमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । महाशाखाले सोमबार मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ ।

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही १ देखि ७ पुसभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्य रूपमा १० दिन होटेल क्वारेनटाइनमा बस्न अनुरोध गरेको थियो ।

मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारी कोभिड १९ को विकसित रूप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । ’भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो’, उनले भने, ’कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।’

उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए । उनले बेलायत, अमेरिका र अफ्रिकाबाट आएका मानिसको पीसीआर परीक्षण र क्वारेनटाइनमा राखिएको जानकारी दिए ।
महाशाखाका निर्देशक डा। पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनः परीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिए । उनका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड१९ का बिरामी जस्तै गरिने बताए ।

  • प्रकाशित मिति : पुस १३, २०७७, सोमवार ११:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८