• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

ओलीका सपना विपना नवनेपछि संसद भंग : काँग्रेस महामन्त्री कोइराला


ओलीका सपना विपना नवनेपछि संसद भंग : काँग्रेस महामन्त्री कोइराला

पौष १३, २०७७
नवलपुर । नेपाली काँग्रेसका महामन्त्री डा शसाक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखेका महत्वकाँक्षि सपना साकार नभएपछि संसद भंग गरेको बताएका छन् । रेल, पानी जहाज, घरघरमा ग्यास पाइप पुर्याउने जस्ता सपना साकार नहुने भएपछि उनले यो आत्मघाती कदम उठाएको उनको भनाई थियो । अन्तत उक्त कदमले ओली र उनकै पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपरेको कोइरालाले बताए ।
प्रतिनिधि सभा विघटन अलोकतान्त्रीक र असंवैधानिक कदम भएको बताएका छन् । काँग्रेस केन्द्रीय समितिको निर्देशन अुनसार प्रत्येक संघीय निर्वाचन क्षेत्रमा भएको विरोध सभालाई नवलपुरको गैँडाकोटमा सम्वोधन गर्दै कोइरालाले उक्त कुरा बताएका हुन् ।

ओलीको अहंकारले संविधानमै नभएको धारालाई आफूखुसी व्याख्या गरेर देशलाई वर्वादीतर्फ धकेलेको कोइरालाको आरोप थियो । प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिँदा अस्थिरता वनेपछि त्यसलाई सुधार गरेरै संविधानमा प्रतिनिधिसभा भंग गर्ने अधिकार कटौती गरि सुधार गरिएको उनको भनाई थियो ।

तर ओलीले संविधान विपरीत काम गरेर संविधानकै खिल्ली उडाएको उनले बताए । अव लाखौँ जनताको त्याग र बलिदानबाट आएको संविधानको रक्षा गर्ने जिम्मा नेपाली काँग्रेसको भएकाले कोरोना महामारीमा पनि सडकमा आउनुपरेको भनाई उनको थियो ।

साथै कोइरालाले आगामी निर्वाचनमा काँग्रेसले जित हासिल गर्ने भन्दै यो विरोध सभा चुनावी तयारीको चरण समेत भएको भोट समेत मागेका थिए । उनले यस विरोध सभालाई एक किसिमको चुनावी प्रचार समेत भएको बताए ।

  • प्रकाशित मिति : पुस १३, २०७७, सोमवार ११:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८