पौष १३,२०७७ ।
काठमाण्डौ । रुसले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमा विश्वस्त पारेको छ । नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरी कोभिड १९ विरुद्धको लडाइँमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदेश त्रिपाठी र राजदूत नोविकोवबीच भेटवार्ता भएको थियो ।साथै भेटमा रुसले नेपाललाई खोप उपलब्ध गर्ने देशको छैटौँ प्राथमिकतामा राखेको राजदूत नोविकोवले जानकारी गराएका छन् । उनले रुससँग अहिले संसारका १०८ देशले खोपको माग गरेको उल्लेख गरे ।
नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर राजदूत नोविकोवले बधाई र शुभकामना पनि व्यक्त गरेका छन् ।
सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री त्रिपाठीले पनि नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विश्वास सहित कोभिड–१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गरेका छन् ।
रुसले स्पुतनिक भीलाई पहिलो मान्यता दिएको थियो भने त्यस पछि भेक्टर इन्सटीच्युटको भ्याक्सिनलाई मान्यता दिएको हो । परन्तु यी दुवै भ्याक्सिनको तेस्रो चरण परीक्षण जारी छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८