• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

६ महिने बालकको टाउको काटेर जेल पर्नेले संविधानको रक्षा गर्न सक्दैन : जितनारायण श्रेष्ठ


६ महिने बालकको टाउको काटेर जेल पर्नेले संविधानको रक्षा गर्न सक्दैन : जितनारायण श्रेष्ठ

‘चितवनमा अब क्षेत्रनम्वर ३ मा प्रचण्डसँग टेक प्रसाद गुरुङ र रामकृष्ण घिमिरे लड्नु पर्दैन, पटिहानीको प्रदिप बोटे भाई भए पुग्छ । क्षेत्र नम्वर २ मा कृष्णभक्तसँग जितनारायण चाहिँदैन, दाहाखानीको दिपक मगर भए पुग्छ । त्यस्तै क्षेत्रनम्वर १ मा सुरेन्द्र पाण्डेको ठाउँमा राजेन्द्र बुर्लाकोटी होइन कोराकको अर्जुन पाण्डे नै काफि छ ।’

केपी शर्मा , पौष १३, २०७७
भरतपुर । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले झोलुङ्गोमा सुताएको ६ महिने बालकको टाउको काटेर जेल परेका केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधानको रक्षा गर्न नसक्ने बताएका छन् ।
भरतपुरको चौविसकोठीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

ओली सरकारकै कारणले बाध्यतावश यति चाँडै यस्ता कार्यक्रम लिएर सडकमा आउनु परेको उनले बताए । “पाँच वर्ष त विरोधनै गर्नु नपर्ने अनुमान गरेका थियौँ यो मौका दिने ओलीलाई धन्यवाद ।”

प्रधानमन्त्री पदको शपथ लिइरहदा इश्वरको नाम समेत उच्चारण गर्न नसक्ने ओलीले संविधानको रक्षा गर्नै नसक्ने उनले बताए । आफूहरुले गणतन्त्रका लागि सडक तताइरहदा बालकोटमा बसेर काजु र किसमिस खाँदै वयल गाडामा अमेरिका पुगिदैन भन्ने ओलीलाई गणतन्त्रको चावि सुम्पिएपछि यो अवस्था आएको उनको दावी थियो ।

प्रतिनिधि सभा विघटन गरेर ओलीले महाभूल गरेको आरोप लगाउँदै उनैले तय गरेको आउँदो चुनावमा ओलीको पत्तासाफ हुने उनले जिकिर गरे ।

बालुवाटार र शितल निवासको साँढगाँठमा चालिएका कदम काँग्रेसका लागि उचित नहुने भन्दै ‘संविधान माथि बलात्कार भइरहदा’ साक्षी बन्ने प्रयास नगर्न रास्ट्रपतिलाई उनको आग्रह थियो । “उखान र टुक्काको भरमा चलेको देशमा ग्यास,पानी जहाज ,रेल केही आएन उनले भने आयो त केबल नेकपाका कार्यकर्तालाइ आफ्नो समूह नछोड्न आदेशको चिठी ।”

अघिल्लो चुनावमा अन्य पार्टीसँगको अनुचित सहकार्य प्रति इँगित गर्दै चितवनमा काँग्रेस एक ढिक्का भएको उनले बताए । “चितवनमा अब क्षेत्रनम्वर ३ मा प्रचण्डसँग टेक प्रसाद गुरुङ र रामकृष्ण घिमिरे लड्नु पर्दैन, पटिहानीको प्रदिप बोटे भाई भए पुग्छ । क्षेत्र नम्वर २ मा कृष्णभक्तसँग जितनारायण चाहिँदैन, दाहाखानीको दिपक मगर भए पुग्छ । त्यस्तै क्षेत्रनम्वर १ मा सुरेन्द्र पाण्डेको ठाउँमा राजेन्द्र बुर्लाकोटी होइन कोराकको अर्जुन पाण्डे नै काफि छ । काङ्ग्रेसले आगामी चुनावमा चितवनको ३ वटै संघीय ,६ वटै प्रदेश,७ पालिका र ९८ ओटै वडाको निर्वाचन क्षेत्रमा जित्छ । किनकी काँग्रेस एक ढिक्का छ,” उनले भने ।

चितवनको केन्द्रिय बसपार्कमा गत चुनावमा भएको आमभामा प्रचण्डले देउवासँग हात मिलाउदै १० बर्सको लागि सहकार्य गरेको भन्दै काँग्रेस फकाएर आफ्नी छोरीलाई मेयर बनाएको उनले बताए । तुरुन्तै अर्को चुनाबमा काँग्रेससँगको सहकार्य तोडेको पाप अहिले कराइरहेको उनको दाबी थियो ।

अहिलेको परिस्थितीलाई सर्वोच्च अदालतले गर्ने फैसलालाई आफ्नो पार्टीले पर्खिरहेको र त्यसपछि कुन कदम अपनाउनुपर्ने भन्ने निर्णय हुने उनको भनाई थियो । आज चितवनकै पर्साको चौविकोठी र पश्चिम चितवनको चनौलीमा समेत विरोध सभा आयोजना गरिएको थियो ।

  • प्रकाशित मिति : पुस १३, २०७७, सोमवार १०:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८