• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

गैँडाकोटमा ढुँङ्गै ढुङ्गाको मन्दिर बन्ने

  • खवरदाता

गैँडाकोटमा ढुँङ्गै ढुङ्गाको मन्दिर बन्ने

पौष १३, २०७७
नवलपुर । गैँडाकोट नगरपालिका वडानम्वर १३ मा ढुँङ्गै ढुङ्गाको मन्दिर निर्माण हुने भएको छ । उक्त मन्दिर निर्माण कार्यको नेपाल सरकार पुरातत्व विभागका वरिष्ठ इन्जिनियर पूर्ण वहादुर श्रेष्ठ र गैँडाकोट १३ का वयोवृद्ध ९१ वर्षीय तुलसीराम पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

उक्त मन्दिर नेपाल सरकारको ७ करोड ६८ लाख ५४ हजार १११ रुपैयाको लागतमा निर्माण हुने भएको मन्दिरका अध्यक्ष पुण्यप्रसाद घिमिरेले बताए ।
गैँडाकोट १३ स्थित कैलास सन्यास आश्रममा ८ वर्ष अगाडिको भग्नावशेषको आधारमा शिखर शैलीको शिव मन्दिर पुन निर्माण हुने लागेको हो । उक्त शिव मन्दिर गजुर बाहेक ५१ फिटको उचाइ रहने छ भने शिखर शैलीमा निर्माण हुनेछ ।
सो मन्दिरको बाहिरी भागमा विस २०७०/०७१ सालतिर उत्खनन गरीएका १४ सय ढुँगै ढुँगा प्रयोग गरिनेछ । आवश्यकता अनुसार बाँकी ढुँगाहरु आयात गरिनेछ ।

पछिल्लो समय १६ टिप्पर ढुँगा आयात गरेर कालिगढहरुले विभिन्न मुर्तिहरु कुँदेको र सोही आधारमा ढुङ्गै ढुँङ्गाका मन्दिर निर्माण हुने भएको हो ।

विगत ३ वर्षमै उक्त बजेट निकासा भएपनि काम पोहोरबाट सुरु भएको थियो । तर कोरोनाका कारण ८, ९ महिना रोकिएको कामलाई अव तिव्रता दिने बरिष्ठ इन्जिनियर श्रेष्ठले बताउनुभयो । ३ वर्ष भित्रमा निर्माण सम्पन्न हुनेछ ।

  • प्रकाशित मिति : पुस १३, २०७७, सोमवार ०७:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८