पौष १३, २०७७ ।
चितवन । प्रधानमन्त्री केपी ओली निकट नेपाल कम्युनिस्ट पार्टी९ नेकपा० काठमाडौँ निर्वाचन क्षेत्र न २ को निर्वाचन स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ ।
पुरानो बानेश्वरस्थित न्यु ॐ साई पार्टी प्यालेसमा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण राईको अध्यक्षतामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य युवा नेता ओम कृष्ण प्रसाईँले आफ्नो दलले नै सूर्य चिन्ह पाउने जिकिर गरे । उनले भने, “अब पार्टीबाट चोइटिएर जाने सिद्धान्त, नीति, बिचार विहीन व्यक्तिहरूको झुन्डले सडकबाट आन्दोलन गर्दैमा अदालत बाट न त संसद् पुनः स्थापित हुन सक्छ नत निर्वाचन आयोग बाट सूर्य चिन्न पाउँछ ।”
उनले विगतमा जबजको नामै सुन्न नचाहने झुन्ड अहिले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्न हतारो गरिरहेको बताउँदै पुष्पकमल दाहाल र माधव नेपाललाई इङ्गित गर्दै छेपारे प्रवृत्तिका मान्छे आफै बढारिएर जाने दाबी गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रकाश गौतम, रमेशकुमार सिलवाल, श्याम कृष्ण भण्डारी, सुवर्ण श्रेष्ठ, मणिराम फुयाँल लगायतको उपस्थिति रहेको थियो ।
यसै बिच काठमाडौँ जिल्ला समितिको आयोजनामा आगामी १८ पुसमा हुने भेलालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने पनि जानकारी दिइयो ।
जिल्ला समितिका अध्यक्ष कृष्ण राईले आग्रह सबैलाई भेलाको तयारीमा लाग्न आह गरे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८