• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

ओलीसँग बैठकमा कोरम पुग्ने संख्या समेत छैन : नेता पाण्डे

  • खवरदाता

ओलीसँग बैठकमा कोरम पुग्ने संख्या समेत छैन : नेता पाण्डे

पौष १२, २०७७
चितवन । पूर्व अर्थमन्त्री एवम नेकपाका नेता सुरेन्द्र पाण्डेले ओली समूहसँग बैठक बस्दा चाहिने कोरोम संख्या समेत पुग्ने सदस्य नरहेको बताका छन् ।

आज भरतपुरमा पुर्व माओवादीको पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन् ।

उनले नेकपा विभाजनै नभएको जिकिर गर्दै अहिले आफूलाई आधिकारिक हुँ भन्दै उत्रिएको ओली समूहसँग कठिनले २०/२५ प्रतिशत सदस्य संख्या पुग्न सक्ने बताए । सो संख्याले त नेकपाको कुनै पनि बैठक बस्न नपुग्ने उनले बताए ।


ओली समूहले आफू आधिकारिक नेकपा हुँ भन्दै निर्वाचन आयोगमा बुझाएको पत्र प्रति इगित गर्दै पाण्डेले ८० प्रतिशत केन्द्रीय सदस्य आफ्नो समूहको पक्षमा रहेको समेत जिकिर गरे । उनले थपे,“२०/२५ प्रतिशतमा पनि कति सदस्य त कुरा बुझेर फर्किरहेका छन् ।”

“बहुमत केन्द्रीय सदस्य हामीसँग भएकोले चुनाव चिन्ह र पार्टीको नाम कसले पाउने भन्ने प्रश्ननै उठ्दैन, उनले भने । घर छोडेर भाग्नेले नयाँ घर बनाउने हो पुरानोमा दावी गर्न पाइदैन । यदी हामीसँग बहुमत सदस्य सख्या पुगने भने हामी हात उठाउँछौँ सवै कुरा छोडिदिन्छौँ । ”

पार्टीको विधान प्रति ओलीलाई केही पनि थाहा नभएको भन्दै हचुवाको भरमा जहाँत्यही वकालत गर्दै हिँड्नु राम्रो नहुने उनले चेतावनी दिए ।

  • प्रकाशित मिति : पुस १२, २०७७, आइतवार १२:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८