• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

प्रचण्डको पुरानै थलोमा फर्कियो दाहाल नेपाल समूह

  • खवरदाता

प्रचण्डको पुरानै थलोमा फर्कियो दाहाल नेपाल समूह

विहानसम्म कार्यक्रम संचालन गर्न पाइने जनाइरहेको प्रहरी प्रशासनले कार्यक्रम संचालन हुने समयमा एक्कासी हस्तक्षेप गरेको थियो ।

पौष १२, २०७७
चितवन । नेकपाको केन्द्र देखिनै सुरु भएको पार्टी कार्यालय कब्जाको असर चितवनमा पनि परेको छ ।
केही समय अघि केन्द्रीय कार्यालय धुमवाराहीमा ओली समूहले तालावन्दी गरेर कार्यालय आफ्नो समूहको रहेको सन्देश दिन खोजेको थियो । सोही कुराको सिको गर्दै चितवनमा पनि ओली समूहका कार्यकर्ताहरुले भरतपुर १० मा रहेको नेकपाको कार्यालयमा शनिवार तालावन्दी गरेका थिए । तालाबन्दी गरेको केही समयमै दाने (दाहाल–नेपाल) समूहका कार्यकर्ताले ताला फोडी आफ्नो कार्यक्रम चलाएका थिए ।

आइतवार दाने समूहले विहान १० बजेलाई पार्टी कार्यालयमा राखेको अगुवा पार्टी कार्यकर्ता भेला विथोलिएको छ । कार्यक्रम सुरु हुनै लाग्दा प्रहरी प्रशासनले उक्त पार्टी कार्यालय आफ्नो कब्जामा लिएपछि दाने समूहका कार्यकर्ताहरु प्रचण्डको पुरानो जिल्ला कार्यालय शहिद स्मृति समागृह कटहर चोक तिर लागेको थिए ।

उनीहरुले आफ्नो अगुवा कार्यकर्ता भेला कार्यक्रम सोही कार्यालयमा सम्पन्न गरेका छन् । लामो समयसम्म बन्द रहेको उक्त कार्यालयमा अव्यवस्थित रुपमा कार्यक्रम गर्दै उनीहरुले आगामी १४ गते काठमाण्डौमा हुने विरोध सभामा चितवनबाट ४ हजार कार्यकर्ता काठमाण्डौ उतार्ने बताए । उक्त कार्यक्रममा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, नेकपाका जिल्ला अध्यक्ष यम बहादुर परियार, सचिव कृष्णभक्त पोखरेल लगायतले प्रशिक्षण दिएका थिए ।

दाने समूहले ओलीले शक्तिको दुरुपयोग गर्दै चितवनमा नेकपाको कार्यालय कब्जा गरेको बताएका छन् । विहान सम्म आफूहरुले सोही स्थानमा कार्यक्रम गर्ने जानकारी जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको र कार्यक्रम हुने बेलामा माथिको आदेश भन्दै पार्टी कार्यालय कब्जा गरेको नेकपाकी नेतृ रेणु दाहालले आरोप लगाइन् ।

यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले स्थितीको सवेदनशीलतालाई मध्येनजर गर्दै दुबै पक्षलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएको बताए । उनले भने,“हामीलाई कुनै पक्षसँग सरोकार रहेन् । हाम्रो काम शान्ति सुरक्षा गर्ने हो । हामीले अवस्था असामान्य हुने बुझ्यौँ । सोही अनुसार दुवै पक्षलाई प्रवेश निषेध गरको हौँ । ”

दाने समूहका कार्यकर्ताले प्रशासनले नै हामीहरुलाई आफ्नौ कार्यालयमा प्रवेश गर्न रोक लगाएको आरोप लगाएका छन् । चितवनमा नेकपा कुनै समूहमा नभएको भन्दै उनीहरुले सो कार्यालय सिँगो नेकपाको नै रहेको बताए । ओलीको दम्भ चाँडै नै समाप्त हुने उनीहरुले जिकिर गरे । अहिले पनि उक्त पार्टी कार्यालयमा ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी तैनाथ गरिएको छ ।

  • प्रकाशित मिति : पुस १२, २०७७, आइतवार ११:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८