• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

भूकम्पले भत्काएका मध्ये ८० प्रतिशत घर निर्माण सम्पन्न

  • खवरदाता

भूकम्पले भत्काएका मध्ये ८० प्रतिशत घर निर्माण सम्पन्न

पौष १२, २०७७
चितवन । चितवन जिल्लामा भुकम्पले क्षती पुर्याएको ८० प्रतिशत बढी घरहरु निर्माण सम्पन्न भएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापनाको ५ बर्ष पुरा भई छैठौँ वर्षमा प्रवेश गर्दैगर्दा आज जिल्ला समन्वय समिति चितवनमा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख भिमराज अर्यालका अनुसार जिल्लामा रहेका ७ स्थानीय तहमा कुल ७ हजार ८६० लाभग्राही रहेकोमा ६ हजार ४१ जनाले आफ्नो घर निर्माण सम्पन्न गरेका छन् । जिल्लाभर ३४४ जना लाभग्राही भने सम्झौता गर्न बाँकी रहेका छन् । ७ हजार ५१६ जनाले प्रथम किस्ता, ६ हजार ५२६ जनाले दोस्रो किस्ता लिइसकेका छन् ।

सवैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा २ हजार ५९४ जना लाभग्राही रहेका थिए । त्यस्तै प्रवकलीकरणतर्फ ९ घर सम्पन्न भएका छन् । ११६ जनाको सम्झौता हुन वाँकी रहेको र १२ सय ६२ जनाले प्रथम किस्ता र ९ जनाले दोस्रो किस्ता लिइसकेका छन् ।

जिल्लामा १९ वस्ती जोखिमयुक्त भएको गुनासो आएपनि अध्ययन र निरीक्षण पछि ८ वटा वस्ती मात्रै असुरक्षित रहेको र तीनीहरुलाई स्थानान्तरण गर्न जग्गा खरिदको काम भएको इन्जिनियर सुजन नेपालले जानकार दिए ।

जिल्लामा ग्रेड ४ मा रहेका वाहेक सवै गुम्बाको निर्माण कार्य सम्प्न्न भएको उनले बताए । त्यस्तै ११ .५ किलोमिटरको खुरखुरे समिटारे ठकुरीभन्ज्याङ सडक र २१.५ किलोमिटर बकुलहर जुटपानी शक्तिखोर सिद्धी सडक निर्माण अन्तिम चरणमा पुगेको छ ।

किस्ता लगेर पनि काम नगर्ने २ जनाको रकम असुल गरिएको छ भने ४५० जनालाई लाभग्राही सूचीबाट हटाई उनीहरुले लिएको रकम असुलउपर गर्न केन्द्र इकाइमा पठाइएको छ । जिल्लाका ८ स्थानमा डकर्मी तालिम दिइएको र २३३ जना डकर्मीलाई सुरक्षित घर निर्माणको तालिम दिइएको सो अवसरमा जानकारी गराइएको थियो ।

जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारी श्रेष्ठले लाभग्राहीका वास्तविक समस्या बुझेर निर्माणलाई पूर्णता दिन नसक्नुको कारण खोजी गरी काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा शिक्षातर्फका एकाई प्रमुख लोकनाथआचार्य, इन्जिनियर सरोज श्रेष्ठ, इन्जिनियर सुवास न्यौपानेले अहिलेसम्म भएका प्रगतिको वारेमा जानकारी दिए ।

  • प्रकाशित मिति : पुस १२, २०७७, आइतवार ११:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८