पौष–१२, २०७७
चितवन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
३६ जना सांसदहरुको हस्ताक्षर सहित प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
द्यर्ता गरिएको अविश्वासको प्रस्तावको प्रस्तावकमा निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो रहेका छन् । समर्थकमा भने तेह्रथुमका सांसद लक्ष्मण तिवारी रहेको जानकारी प्राप्त भएको छ । ३६ जनाले मात्र हस्ताक्षर गरेको उक्त अविश्वासको प्रश्तावमा दाने समूहका अन्य सांसदले अझै हस्ताक्षर गर्न बाँकी रहेको श्रोतले जनाएको छ ।
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । दाने समूहमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८