• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

कारागारबाटै भागेका श्रेष्ठ पक्राउ


कारागारबाटै भागेका श्रेष्ठ पक्राउ

पौष–१२, २०७७

चितवन । गत मंसिर ११ गते कारागार कार्यालय भरतपुर चितवनबाट भागेका एक कैदी पक्राउ परेका छन् ।

जवरजस्ती करणी उद्योग कसूरको पुर्पक्षमा साउन २० गते देखि कारागारमा रहेका कालिका नगरपालिका वडा नम्वर २ बस्ने बर्ष ४५ का रेशम लाल श्रेष्ठलाई पक्राउ गरिएको हो । करिव साँझ ५ बजेर १५ मिनेटको समयमा उनी कारागार कार्यालय भरतपुर परिसरवाटै भागी फरार भएका थिए ।

फरार हुनासाथ प्रहरी उपरीक्षक नान्तीराज गुरुङसहितले टोलीले खोजी कार्य तिव्र पारेको थियो । उनी पौष १० गते बेलुकी साँढे ६ बजेको समय जिल्ला तनहुँ देवघाट गाउँपालिका वडा नम्वर ५ कालिमाटी स्थित जंगलमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

श्रेष्ठलाई आवश्यक कारबाहीको लागी कारागार कार्यालय चितवनमा बुझाउने प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : पुस १२, २०७७, आइतवार ०३:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८