• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

नयाँ कोरोना भाइरस संसारभर, ५६ प्रतिशत बढी संक्रामक

  • खवरदाता

नयाँ कोरोना भाइरस संसारभर, ५६ प्रतिशत बढी संक्रामक

पौष–१२, २०७७

बेलायतमा देखा परेको नयाँ कोरोना भाइरसको सङ्क्रमण संसारभर फैलन सुरु भएको छ । कतिपयले अबको एक वर्ष पुरानै शृङ्खला दोहरिन सक्ने पनि जनाएका छन् । युरोपेली देशका साथै क्यानडा र जापानमा पनि यो भाइरस देखा परेको छ । साथै स्पेन,स्वीजरल्यान्ड र फ्रान्समा पनि बेलायतबाट आएका मानिसमा यो सङ्क्रमण देखा परेको हो ।

ब्रिटेनमा हालै मात्र कोरोनाको नयाँ किसिमको संक्रमण पुष्टि भएको छ र सो कारण लन्डन र दक्षिण इङ्ल्याण्डमा लकडाउन गरिएको छ ।

नयाँ भाइरस आफ्नो मुलुकमा ब्रिटेनबाट भित्रिएको भन्दै फ्रान्सले बेलायतसँग सीमा जोडिएको इण्लिस च्यानलबाट हुने मानव आवागमनमा रोक लगाएको छ ।

जापानले सोमबार देखि कुनै पनि विदेशी आगमनलाई निषेध गरेको छ । यसैबिच, आइतबार बाट युरोपका धेरै देशमा कोरोनाविरुद्धको भ्याक्सिन वितरण सुरु गरेको छ । विज्ञका अनुसार र नयाँ स्ट्रेन चाँडो फैलने भए पनि पहिलाको भन्दा खतरनाक भने रहेको छैन ।

  • प्रकाशित मिति : पुस १२, २०७७, आइतवार ०२:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८