एक घन्टा पनि टिकेन चितवनको पार्टी कार्यालयमा ओली समूहले लगाएको ताला

  • खबरदाता
  • पुष ११, २०७७

पौष ११,२०७७

चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी  (नेकपा )को कार्यालयमा ओली पक्षले लगाएको ताला एक घन्टा पनि रहन नपाउदै फोडिएको छ ।

भरतपुर महानगरपालिका -७ स्थित मदन आश्रित स्मृति भवनमा सनिवार बिहान ९:१५ बजेको समयमा नेकपा ओलि समुहका केहि कार्याकर्ताले ताला लगाएका थिए। ताला लगाएपछी उनिहरुले पार्टी कार्यालय हाम्रो हो , केपी ओलि जिन्दावाद जस्ता नारा समेत लगाएका  थिए।

ओली समुहले लगाएको ताला दाहाल -नेपाल समूहका कार्यकर्ताले फुटाएर कार्यालय सञ्चालन गरेका छन।अहिले पार्टी कार्यालयमा विद्यार्थीको प्रशिक्षण चलिरहेको र प्रशिक्षण  कार्यक्रममा नेकपा जिल्ला इन्चार्ज कृष्ण खनाल र पार्टी सभापति यमबहादुर परियार समेत रहेको जनाइएको छ ।

तला लगाएको कुरालाई दाहाल-नेपाल समुहले छापामार शैली भनेको छ । नेकपा जिल्ला कमिटी चितवनका सचिबालय सदस्य प्रकाश ढुंगानाले भने,  कस्ले ताला लगायो भन्ने पनि थाह भएन। तला लगाए पछी केपी ओलि जिन्दावाद भनेर चार तिरबाट भागे अरे। हामी १० बजे कार्यालय आयौ ताला लगाएको रहेछ।चापी हरायो होला भनेर फोडि दियौ ।

चितवनमा पार्टीको कुनै समुह नभएको ढुंगानाले बताए। उनले भने १५५ जनाको कार्यासमितीमा १५० भन्दा बढी सदस्यको समर्थन रहेको पार्टीमा के समुह भन्ने। चितवनमा सिङ्गो पार्टीआधिकारिक हो।

साविक एमाले कार्यालयलाई नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ । चितवन जिल्ला कमिटीमा प्रचण्ड(माधव समूह हाबी छ ।
पार्टी कार्यालय भित्र कार्याकर्ताको उपस्थित छ भने बाहिर प्रहरी तैनाथ गरिएको छ । चितवन प्रचण्डको गृह जिल्ला पनि हो।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८