पौष १०,२०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थप्ने भएका छन् । प्रतिनिधि सभा विघटन गरेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले शुक्रवार साँझ नयाँ मन्त्रीलाई शपथ खुवाउने कार्यक्रम रहेको छ ।
प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। रिक्त रहेका सात मन्त्रालय मध्ये तत्काल ६ बटा मन्त्रालयका लागि नयाँ मन्त्रीहरू थपिने भएका हुन् ।
श्रोतका अनुसार नयाँ थपिएका मन्त्रीहरू प्रभु साह, टोपबहादुर रायमाझी, मणि थापा, गौरीशङ्कर चौधरी, दावा तामाङलाई साझ ६स्३० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ गराइने छ ।
साह केही दिनअघिसम्म प्रचण्ड नेपाल समूहको बैठकमा सहभागी थिए । पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८