• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

आज ८९२ निको हुँदा ६०८ संक्रमित थपिए

  • खबरदाता

आज ८९२ निको हुँदा ६०८ संक्रमित थपिए

 

पौष–१०,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ८९२ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । यो ९६.५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ४१४२ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

आज चितवनमा १८ र काठमाडौं उपत्यकामा २७९ जना संक्रमित थपिए । देशमा थप ८ जनाले ज्यान गुमाउँदा कुल संख्या १८१६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ९२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३६९ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २४९ र भेन्टिलेटरमा ४६ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मुगु र रुकुम पश्चिम जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस १०, २०७७, शुक्रवार ११:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८