‘हामी ज्यूँदै छौँ’ भन्ने सकेत गर्दै प्रचण्ड नेपाल समूह सडकमा

  • पुष १०, २०७७

पौष १०, २०७७
चितवन । पार्टीसँग विना छलफल संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेएको भन्दै त्यसको विरुद्धमा प्रचण्ड–नेपाल पक्षले आज सडकमा प्रदर्शन गरेका छन् ।

आफूलाई संस्थापन पक्ष भनेर दावी गर्ने प्रचण्ड नेपाल लगायत नेता तथा कार्यकर्ताहरुले छातीमा ‘हामी यहाँ छौँ’ लेखिएका प्ले कार्ड झुण्ड्यार प्रदर्शनमा सहभागी भएका हुन् । सांकेतिक रुपमा उनीहरुले आफूहरु राष्ट्रवादी भएको र कानुन विपरीत गरिएको कुनैपनि कामलाई विफल बनाउन सधैँ तयार रहने कुरा व्यक्त गरे ।

शुक्रबार बिहान ९ बजेदेखिनै अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनमा सहभागीहरूले ’प्रतिनिधि सभा विघटन खारेज गर’, ’संवैधानिक कू मान्दैनौं’जस्ता नारा लगाएका थिए ।

प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन्। प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका रिटहरुको सुनुवाई आज सर्वोच्च अदालतमा भइरहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८