• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

युरोप र अमेरिकी महाद्विपमा भ्याक्सिन वितरण तीव्र

  • खबरदाता

युरोप र अमेरिकी महाद्विपमा भ्याक्सिन वितरण तीव्र

 

पौष १०,२०७७

आफ्नो देशले बिहीबार कोरोनाको भ्याक्सिन दिन सुरु गरे पछि मेक्सिकोकी नर्स मारिया इरेन रेमिरेज ल्याटिन अमेरिकामा सो भ्याक्सिन पाउने पहिलो व्यक्ति बनेकी छिन् ।
अमेरिका, ब्राजिल र भारत पछि कोरोनाको कारण संसारमै सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको देश मेक्सिकोमा फाइजर एनबायोटेकले पहिलो चरणमा ३ हजार डोज भ्याक्सिन उपलब्ध गराएको हो । बिहीबार नै चिली र कोस्टारिकाले पनि भ्याक्सिन वितरण सुरु गरे ।

यस अघि नै स्पुतनिक भिलाई मान्या दिएको अर्जेन्टिनामा बिहीबार बिहान ३ लाख डोज भ्याक्सिन पुगेको छ ।
मेक्सिकोमा भ्याक्सिन पाउने पहिलो व्यक्ति ५९ वर्षीय मारिया इरेन मेक्सीकोसिटी स्थित रुबेन लेबोरो अस्पतालको आइसियु प्रमुख हुन् । ३ करोड ४० लाख खरिद गरिएका डोज मध्ये फाइजरको निर्माण भइरहेको बेल्जियमबाट पहिलो चरणमा ३ हजार डोज मेक्सिको लगिएको हो ।

१३ लाख भन्दा बढीमा सङ्क्रमण देखिको मेक्सिकोमा १ लाख २० हजार भन्दाको ज्यान गइसकेको छ । यसै गरी चिलीमा ६ लाख भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेको छ भने १६३०० भन्दा बढीको ज्यान गएको छ ।

कोस्टारिकामा १लाख ६३ हजारको सङ्क्रमण पार गरेर २ हजार भन्दा बढीको ज्यान गएको छ ।। अर्जेन्टिनामा १६ लाख जना सङ्क्रमित हुँदा ४२३०० भन्दा बढीको ज्यान गएको छ ।

यस अघि युरोपेली युनियनले फाइजरलाई आपत्कालीन अनुमति दिइसकेको छ भने क्यानडाले फाइजर पछि मोर्डनालाई पनि नियमित अनुमति दिएको छ । युरोपमा तत्कालै भ्याक्सिन वितरण कार्यले तीव्रता पाउने जनाइ

  • प्रकाशित मिति : पुस १०, २०७७, शुक्रवार ०२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८