• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

दाहाल- नेपाल समूहको प्रदर्शन मङ्गलवार

  • खबरदाता

दाहाल- नेपाल समूहको प्रदर्शन मङ्गलवार

पौष ९,२०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल- नेपाल समूहले आउँदो मङ्गलवार देशभर प्रदर्शन गर्ने भएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ ।
बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

पौष ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्ला स्तरीय भेला निर्णय भएको छ । २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म सम्म वडा स्तरमा बैठक भेला गर्ने बैठकको निर्णय छ ।

  • प्रकाशित मिति : पुस ९, २०७७, बिहीवार ११:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८