• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

आज ५५१० को परिक्षण , ६१३ संक्रमित

  • खबरदाता

आज ५५१० को परिक्षण , ६१३ संक्रमित

पौष–९,२०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ७३९ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ । यो ९६।४ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ५१० जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

आज चितवनमा १३ र काठमाडौं उपत्यकामा २४४ जना संक्रमित थपिए । देशमा थप ५ जनाले ज्यान गुमाउँदा कुल संख्या १८०८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ३८४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ४०० छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २६१ र भेन्टिलेटरमा ४९ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मुगु जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस ९, २०७७, बिहीवार १०:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८