पौष ९,२०७७
चितवन । संसद् विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अडानका साथ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला आयोजना गरेको छ।
पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री ओलीको पछिल्लो कदमविरुद्ध आन्दोलनमा जान अनिच्छुक भएपछि थप दबाब दिन पौडेल पक्षले अनामनगरमा छुट्टै भेला आयोजना गरेका हो ।
गत मङ्गलवारदेखि जारी केन्द्रीय समितिको बैठकमा संसद् विघटनको विरुद्धमा उत्रिने कि निर्वाचनमा जाने भन्ने विषयले काँग्रेसभित्र किचलो सुरु भएको छ । यही विषयलाई लिएर हिजो बुधवारको बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच भनाभन नै चलेको थियो ।
अनामनगरमा जारी भेलामा वरिष्ठ नेता पौडेल, पार्टीका महामन्त्री डा।शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा।शेखर कोइराला, महेश आचार्य, सदस्य गगनकुमार थापा, गुरुराज घिमिरे लगायत नेता रहेको बताइएको छ ।
उक्त भेलाले आजको केन्द्रीय समितिको बैठकबाट संसद् विघटनको विरुद्ध आन्दोलनमा जाने निर्णय कसरी गर्ने भन्ने विषयमा टुङ्गो लगाउने र नेतृत्वलाई दबाब दिने बताइएको छ ।
देउवाले केही राजनीतिक नियुक्तिमा प्रधानमन्त्री केपी ओलीसँग साठगाँठ गरेको चर्चा चलिरहेको समयमा यो भेला अर्थपूर्ण मानिएको छ । सभापति देउवाको दुई चाहनाले गर्दा आन्दोलनमा नजाने स्रोतले जनाएको छ।
पहिलो त निर्वाचनले उनको दलको महाधिवेशन टर्ने छ भने आफू अध्यक्ष भएका समयमा भएको निर्वाचनमा ओलीसँग साठगाँठ गर्दै नेपाल दाहाल समूहको विरुद्धमा गठबन्धन नै गर्ने तयारी रहेको श्रोत जनाउँछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८