• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

अब प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली

  • खबरदाता

अब प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली

 

पौष ९,२०७७
संसद बिघटन पछी प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशसभा विघटनको  तयारीमा लागेका छन् ।

प्रदेश सभामा अधिकांस आफ्ना समर्थक मुख्यमन्त्रीहरु अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको मनस्थितिमा पुगेका हुन् ।

प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमत छन। उनिहरु सबै ओली समूहका हुन। केन्द्रमानै आफू अल्पमतमा परेको भनिएका ओली बलियो गण्डकी प्रदेशमा मात्रै बलियो मानिन्छन।

प्रदेश सभा बोघटन सम्बन्धमा ओलि अहिले कानुनी र बाहिय परामर्शमा रहेको बताइएको छ । गएको आइतबार संघीय सरकारको प्रतिनिधिसभा विघटन गरेका ओली प्रदेशमा आफूनिकट मुख्यमन्त्री अल्पमतमा परेका कारण प्रदेशसभासमेत विघटन गर्नका लागि परामर्शमा जुटेका हुन ।
ओलिले प्रदेश सभा विघटन सम्बन्धमा बुधबार देखिनै आफूनिकट नेतासँग परामर्श शुरु गरेका हुन ।

उनी आफूनिकट मुख्यमन्त्री र मन्त्री संकटमा परेका कारण प्रदेशसभा पनि विघटन गरेर संग सँगै दुबै निर्बाचन निवार्चनको घोषणा गर्ने तयारी गरिरहेको स्रोत बताउँछ ।

सकेसम्म आजनै प्रधानमन्त्री ओलीले सो निर्णय गर्ने बुझिएको छ । आजको केन्द्रिय कमिटीको बैठक सकिए पछी मन्त्रीपरिषद बैठक बोलाए उक्त कदमको निर्णय लिने सम्भावना छ ।

प्रतिनिधिसभा विघटन हुँदा ओलीले प्रदेशसभा पनि विघटन हुँदैछ भनेर सन्देश दिएका थिए । संविधानले प्रदेशसभा विघटन गरेर राष्ट्रपति शासन लागू गर्न सक्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार ओलीले प्रदेशसभा विघटन गर्न सक्ने कानुन व्यवसायीको मत छ ।

संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्य संवैधानिकरूपमा प्रदेशसभा विघटन गर्न सक्ने व्यवस्था रहेको बताउँछन् । आचार्य भन्छन्,‘राष्ट्रपतिले प्रदेशसभा विघटन गर्ने व्यवस्था छ, त्यसअनुसार विघटन हुनसक्छ ।’

यता संसद विघटनको बिरुद्ध परेका १२ वटा रिटहरुको सर्बोच्च अदालतमा शुक्रबार बहस हुदैछ ।

  • प्रकाशित मिति : पुस ९, २०७७, बिहीवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८