• साउन ३१, २०७९, मंगलवार Tuesday, 16 August, 2022
centreal college

गैँडाकोट दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो


गैँडाकोट दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो

पौष ८, २०७७
नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट ३ भोक्रोफाँटमा भएको ट्रक दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मोहन बहादुर खाँणका अनुसार मृत्यु हुनेमा चालक जिल्ला हेटौडा उपमहानगरपालिका १७ हटिया बस्ने वर्ष ४५ का सुरेश भुजेल, सोही ठाउँका बर्ष ३५ का बलराम श्रेष्ठ र पर्सा ठोरि गौतमनगर बस्ने वर्ष ५० का भिम बहादुर तामाङ रहेका छन् ।

बुधवार विहान सेतीभिर स्थित कालीगण्डकी करिडोरको भित्रि सडकखण्डमा ना ३ ख ५३३९ नम्वरको लोरि टेलर आँफै अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल खसि दुर्घटना भएको थियो ।

उक्त दुर्घटना स्थलमै ३ जनाको मृत्यु भएको थियो ।

  • प्रकाशित मिति : पुस ८, २०७७, बुधवार ०९:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८