• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

ट्रक पल्टदा ३ जनाको घटनास्थलमै मृत्यु, एक जनाको पहिचान खुल्यो


ट्रक पल्टदा ३ जनाको घटनास्थलमै मृत्यु, एक जनाको पहिचान खुल्यो

पौष ८, २०७७
नवलपुर । नवलपुरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका वडानम्वर ३ भोक्रोफाँटमा लरी टेलर ट्रक पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

कालिगण्डकी करिडोर अन्तर्गत उक्त स्थानको सेती भिरबाट करिव १०० मिटर तल लरी ट्रक खसेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

मृतक ३ मध्ये एक जनाको पहिचान खुलेको छ । उनी हेटौँडा उपमहानगरपालिका १७ हटियाका सुरेश भुजेल रहेको प्रहरीले जनाएको छ ।

बुलिङ्टारको धामवेशीबाट गैँडाकोट तर्फ आउँदै गरेको ना ३ ख ५३३९ नम्वरको लरी टेलर उक्त स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट करिव ३५ किलोमिटर टाढा रहेको छ। सो स्थान विकट भएकाले उद्दारमा कठिनाई भएको थापाले बताए ।

उनले भने,“अहिले डोरीको सहायताले घटनास्थलमा रहेका दुई शव माथि ल्याउने प्रयास भइरहेको छ । एक जनाको भने उछिट्टीएर शव भिरमै रहेको हुनाले चाँडै पहिचान भएको हो । ”

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली पुगेका छ । स्थानीय, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा अहिले शव निकाल्ने र अन्य खोजी कार्य भइरहेको छ ।

  • प्रकाशित मिति : पुस ८, २०७७, बुधवार ०७:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८