• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

हराएको ११ बर्षपछी आज आफ्नो देश पुग्दैछिन बङ्गलादेशी बेगम


हराएको ११ बर्षपछी आज आफ्नो देश पुग्दैछिन बङ्गलादेशी बेगम

केपी शर्मा । पौष ८, २०७७
चितवन । सडकमा अलपत्र र हातका औँला समेत कुहिएको अवस्थामा उद्दार गरिएकि बंगलादेशी नागरिक ममिना बेगम आज स्वदेश फर्कदै छिन । मानवसेवा आश्रमले उनलाई स्वोदेश फर्काउन लागेको हो।

उनलाइ  काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यले विदाइ गरेका थिए।

नेपाल घुम्न आउँदा आफ्नो परिवारसँगबाट छुटेकि वेगम ११ बर्षपछी आफ्नो देश पुग्दै छिन । उनी आज नेपाली समय अनुसार बिहानको ११ बजे बाङ्लादेश एयर बिमानको चाटर उडान मार्फत जान लागेकि उनलाइ उनको घर बाङ्लादेश पुर्‍यान सगै जान लागेकी सुशीला केसि मानबले जानकारी दिइन ।

हातमा हवाई टिकट पाउँदा उहाँ दंग छिन बेगम । बेगम सहित अर्का बङ्गलादेशी नागरिक मोहम्मद बबुल पनि सोही उडानबाट आजै स्वदेश फर्कदै छन। उनलाई पनि सोहि सस्थाले उद्दार गरेको थियो।

हराएकी ममिना बेगमलाई २०७२ साल बैशाखमा चितवनको रामनगरबाट उद्दार गरिएको हो । जुन ताका चितनवमा मानवसेवा आश्रम भर्खरै मात्र संचालनमा आएको थियो । जसको मुख्य भूमिकामा थिईन् सुसिला केसी ।

सूचना प्राप्त भएपछि वैशाख २५ गते मध्यान्हमा स्थानीय प्रहरीको सहयोगमा रामनगरबाट वेगम लाई उद्दार गरिएको थियो।

विना लुगाकी जिङ्रिग कपाल भएकी, लामो समयसम्म भोकाएकी जस्ती देखिने र एउटा हात कुहिएको अवस्थामा अन्दाजी ५० बर्षकी उनलाई सुसिला केसीको समुहले उद्दार गरी मानवसेवा आश्रम पुर्‍यायो । वेनामी ती महिलालाई गिता मानव भनेर न्वारन समेत गरिदिएको थियो । अब उनी उनकै परिवा सग रहने छिन।

बिमास्थालमा उनि निकै भाबुक पनि थिइन । उनले नेपाल आफ्नै देश जस्तै लागेको बताइन। उनले भनिन नेपाल पनि मेरो घर हो। आफ्नो परिवारसग फेरि नेपाल आउने छु।

  • प्रकाशित मिति : पुस ८, २०७७, बुधवार ०४:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८