• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

फाइजरसंग अमेरिकी सरकारको नयाँ सम्झौता हुँदै

  • खवरदाता

फाइजरसंग अमेरिकी सरकारको नयाँ सम्झौता हुँदै

पौष–८, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र औषधी निर्माता कम्पनी फाइजरका बिच अर्को वर्ष थप १ करोड कोरोना भाइरस खोप उपलब्ध गराउने विषयमा सहमति हुने भएको छ । सन् २०२१ को आधासम्म फाइजरले ११ करोड भन्दा बढी खोपको डोज उपलब्ध गराउने छ । अहिले अमेरिकामा फाइजर मोर्डनाले मात्र अनुमति पाएका यी दुई कम्पनीले मात्र डोजका लागि थप सम्झौता गर्दै आएका छन् ।

अप्रिलसम्म ७ करोड डोज उपलब्ध गराउन फाइजरले तयारी गरेको छ । यसो भएमा आगामी वर्षको अन्त्यसम्म भ्याक्सिन वितरणको काम सम्पन्न हुने जनाइएको छ । आवश्यक कच्चा पदार्थ जोहो गर्नका लागि फाइजरले गत सेप्टेम्बर देखि सरकारको ताकेता गरे पनि त्यो अनुसार नभए पछि फाइजरमा सरकार प्रति असन्तुष्टि रहेको जनाइएको छ । नयाँ सम्झौता अनुसार सुरुवातमा नै सरकारले पनि कम्पनीलाई पनि सहयोग गर्ने छ ।

वितरण प्रणाली फाइजरको भन्दा मोर्डनाको प्रभावकाकी रहेका कारण फाइजरको प्रभाव घट्न सक्ने अनुमान गरिएको छ । अन्य दुई भ्याक्सिन सानोफाइ र नोभाभाक्सको अमेरिकामा ठुलो मात्रामा परीक्षण हुन बाँकी नै रहेको छ । फाइजरले गत जुलाईमा मार्चसम्म १० करोड डोज उपलब्ध गराउने सम्झौता गरेको थियो । मोर्डनाले यसै डोज दोस्रो त्रैमासिकमा उपलब्ध गराउने सम्झौता गरेको थियो ।

  • प्रकाशित मिति : पुस ८, २०७७, बुधवार ०२:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८