• चैत १२, २०७९, आइतवार Sunday, 26 March, 2023
centreal college

काँग्रेस माडीद्धारा इतिहास सम्झिदै नेता कार्यकर्तालाई सम्मान

  • खबरदाता

काँग्रेस माडीद्धारा इतिहास सम्झिदै नेता कार्यकर्तालाई सम्मान

पौष ७, २०७७
चितवन । नेपाली काँग्रेस माडीले इतिहासलाई सम्झदै नेता कार्यकर्ताहरुलाई सम्मान गरेको छ ।

बि.स.२०४६ सालको जनआन्दोलनको तयारीका क्रममा पार्टीको निर्देशनमा काम गर्नेहरुलाई सम्झदै आज सम्मान गरिएको हो । सो बेला पार्टीको निर्देशनमा माडीको गोबिन्दवस्ती पुगेका नेपाली कांग्रेसका ३६ जना नेता कार्यकर्ताहरुलाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरि सबैलाई एउटै डोरिले बाधि बसन्तपुर प्रहरीचौकीमा आजकै दिन बुझाएको थियो ।

सोही दिनको सम्झना गर्दै उक्त दिन पक्राउ परेका नेपाली कांग्रेस चितवनका पुर्व सभापतिहरु रामकृष्ण घिमिरे,पृथ्वीमान गुरुङ तथा नेता डा।सुर्यकान्त घिमिरे ,नारायण दाहाल,धनराज दुरा लगायतका नेता कार्यकर्ताहरुलाई नेपाली कांग्रेस माडी नगर समितिले आज सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले काँग्रेसले इतिहासलाई नभुल्ने भन्दै देशलाई बर्वादीतर्फ धकेल्नेको विरुद्ध कडा रुपमा उत्रने बताए । अहिलेको केपी ओली सरकारले देशलाई बर्वादीतर्फ धकेलेको भन्दै आज सम्मानीत जस्तै नेता कार्यकर्ताको अहिले पनि आवश्यकता रहेको उनको भनाइ थियो ।

  • प्रकाशित मिति : पुस ७, २०७७, मंगलवार १४:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८