• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

प्रचण्डको गृह जिल्लामा ओलीको दीप प्रज्वलन

  • खबरदाता

प्रचण्डको गृह जिल्लामा ओलीको दीप प्रज्वलन

पौष ७, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा अर्का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नारा सहित दीप प्रज्वलन गरिएको छ ।

केपी ओलीले चालेका हर कदमको समर्थन गर्दै उनीहरुले मंगलवार साँझ भरतपुरको चौविसकोठीमा दीप प्रज्वलन सहित प्रदर्शन गरेका हुन् ।

५ वर्ष पुरै सरकार चलाउने म्यान्डेट जनताले दिएपनि पार्टी भित्रबाटै असहयोग भएकाले उक्त कदम चालिएको र यो सही भएको उनहिरुले दाबी गरे ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका नेता हरि आचार्यले प्रधानमन्त्री ओलीलाई साथ दिएर ताजा जनमत लिन सवै लाग्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै अर्का नेता कमलराज पाठकले देशलाई समृद्धीतर्फ लग्ने अध्यक्ष ओलीको सपनालाई साकार हुन नदीई पार्टी भित्रैबाट षडयन्त्र भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताए ।

कार्यक्रममा युवा, विद्यार्थी नेताहरुले प्रचण्डको जिल्ला चितवनमा केपी ओली हाई हाई, प्रचण्डलाई बाई बाई, केपी ओली जिन्दावाद, जबज जिन्दावादको नारा लगाएका थिए ।
आफुलाइ ५ बर्ष सरकार चलाउन नदिइ घेराबन्दीमा पारेकोले आफुले संसद विघटन गरेको ओलीले बताउँदै आएका छन।

आजै दहाल र नेपाल समुहले अनुशासनको कार्बाही गर्दै ओलिलाई अध्यक्षबाट हटाको बताएका छन।

  • प्रकाशित मिति : पुस ७, २०७७, मंगलवार १४:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८