पौष ७,२०७७
सरकारले बेलायतबाट नेपाल आउन रोक लगाएको छ ।कोरोना भाइरसको संक्रमण कायमै रहेको भन्दै उक्त निर्णय गरेको हो।
साथै बेलायतलाई ट्रान्जिट गरेर कुनै पनि वायुसेवा नेपाल आउन नपाउने समेत निर्णय गरेको छ। बेलायतमा कोराना भाइरसको नयाँ प्रकार देखिएको भन्दै उक्त देशबाट नेपाल आउन निषेध गरेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका जारी गरेको एक सूचना अनुसार बेलायबाट कुनै पनि यात्रु नल्याउन र ट्रान्जिटसमेत निषेध गरिएको छ। यो सूचना प्राधिकरणले नेपालबाट उडान गर्ने र नेपाला आउने विदेशी वायुसेवाका लागि जारी गरेको हो।
प्राधिकरणले बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल यात्रा गर्न निषेध गरेको जनाएको छ । नेपालमा उडान गर्ने विभिन्न २६ वटा अन्तर्राष्ट्रिय वायुसेवाका लागि प्राधिकरणले सूचना जारी गरेको हो।
नेपालबाट हाल हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगमले मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८