• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

दहाल-नेपाल बैठकमा ३१५ केन्द्रीय सदस्य उपस्थितिको दाबी

  • खबरदाता

दहाल-नेपाल बैठकमा ३१५ केन्द्रीय सदस्य उपस्थितिको दाबी

पौष ७,२०७७
नेकपा अध्यक्ष पुस्पकमल दहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समुहको भेलाले नेकपाका अध्यक्ष केपि शर्मा ओलिला अध्यक्ष पदबाट हटाएको छ । ओलिलाई अनुशासनको कार्बाही गर्दै उक्त स्थानमा माधव कुमार नेपाललाई नियुक्त गरेको छ ।

मंगलबार काठमाडौँको बबरमहलस्थित कार्की पाटी प्यालेसमा जारी बैठकमा मौजुदा ४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय १५ उपस्थित भएको त्यस पक्षले जनाएको छ ।

त्यस समूहको बैठकले केपी ओलीलाई अनुशासनमा कारबाही सिफारिस गर्ने स्थायी कमिटीको निर्णयलाई केन्द्रीय कमिटीबाट अनुमोदन गर्नेछ ।

यसै गरी, नेकपा ललितपुर जिल्ला कमिटीमा दुई तिहाइ भन्दा बढी सदस्य दाहाल नेपाल कित्तामा उभिएको दाबी गरिएको छ । मङ्गलवार नै बसेको ओली समूहको बैठकले ललितपुरका ६ जनालाई केन्द्रीय समितिमा चयन गरेको छ ।
केन्द्रीय समितिमा चयन हुनेमा बाबुराम थापा, मैना अच्छामी, मधुसूदन पौडेल, नवराज सिलवाल,हरिकृष्ण व्यञ्जनकार र सुरेन्द्र मोहन शर्मा रहेका छन् ।

  • प्रकाशित मिति : पुस ७, २०७७, मंगलवार १३:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८