• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

कोरोना संक्रमणबाट चितवनमा सय जनाको मृत्यु, २८६ निको हुन बाँकी


कोरोना संक्रमणबाट चितवनमा सय जनाको मृत्यु, २८६ निको हुन बाँकी

पौष ७, २०७७
चितवन । कोरोना संक्रमणका कारण चितवनमा एक सय जनाको मृत्यु भएको छ । जिल्लामा संक्रमितको कुल सख्या ६ हजार २४१ पुगेको छ भने हालसम्म ५ हजार ८ सय ५५ जना निको भएका छन् । अझै २८६ जना निको हुन वाँकी रहेको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिकामा मात्रै ६० जनाको मृत्यु भएको छ । जिल्लामा रहेका ७ वटा स्थानीय तहमध्ये सवैभन्दा धेरै संक्रमित पनि भरतपुर महानगरपालिकामै रहेका छन् । मंगलवार मात्रै थप ११ जनामा संक्रमण देखिएको महानगरपालिकामा हालसम्म संक्रमितको कुल सख्या ४ हजार ४४९ पुगेको छ । ४ हजार १ सय ६८ जना निको भएका छन् ।
त्यस्तै रत्ननगर नगरपालिकामा ७४५ संक्रमित रहेकोमा १३ जनाको मृत्यु भएको छ । नगरपालिकाका ७०२ जना निको भएर घर फर्किएका छन् । आज थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।
खैरहनी नगरपालिकाका ३९६ संक्रमित भएकोमा ३७६ जना निको भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म ९ जनाको मृत्यु भएको छ ।
यता राप्ती नगरपालिकामा हालसम्म ३०६ जना संक्रमित भएकोमा २९१ ज्ना निको भएका छन् । नगरपालिकाका ८ जनाको मृत्यु भएको छ । ७ जना निको हुन वाँकी छन् ।
कालिका नगरपालिकामा संक्रमितको कुल सख्या १८६ पुगेकोमा १७१ जना निको भइसकेका छन् । हालसम्म ८ जनाको मृत्यु भएको छ । ७ जना निको हुन वाँकी रहेका छन् । आज थप १ जनामा कोभिड १९ पुष्टि भएको छ ।
चितवनकै माडी नगरपालिकामा हालसम्म १२२ संक्रमित मध्ये ११२ जना निको भएका छन् । १ जनाको मृत्यु भएको छ भने ९ जना निको हुन वाँकी छन् । आज थप १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनामा ३७ जना संक्रमितमध्ये ३५ जना निको भइसकेका छन् । १ जनाको मृत्यु भएको छ । अव १ जना मात्रै निको हुन वाँकी रहेका छन् । आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा आज सम्म ३६ हजार ८६० जनाको स्वाव संकलन गरी परीक्षण गरिएको छ । आजसम्म होम आइसोलेसनमा २५९ जना संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् भने संस्थागत आइसोलेसनमा रहेको सख्या २७ रहेको छ ।

  • प्रकाशित मिति : पुस ७, २०७७, मंगलवार ११:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८