पौष ७,२०७७
केपी शर्मा ओलीनिकट सदस्यहरूको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। मंगलबार बिहान ११ बजे बैठक सुरू भएको हो।
केन्द्रिय कमिटीको उक्त बैठकलाई आम सर्बसाधारणले चासोको रुपमा लिएका छन। आजको बैठकले पार्टीका अर्का अध्यक्ष पुस्पकमल दहाल प्रचण्डलाई कार्बाही गर्ने लगायतका निर्णय गर्न सक्ने अनुमान लगाइएको छ ।
आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षिय केन्द्रिय नेताहरुको पनि बैठक बस्ने भएको छ । प्रचण्ड-नेपालनिकट केन्द्रीय सदस्यको बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ।
यता गृहमन्त्री बादल भने आज पनि ओलि निकट केन्द्रिय बैठकमा गएन। अहिले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिच मन्त्री निवास पुल्चोकमा भेटबार्ता भइरहेको छ ।
गृहमन्त्री बादल दुबै पक्षको भेलामा सहभागी नभएपछि आज अध्यक्ष दाहाल उनलाई भेट्न बिहान मन्त्री निवास पुगेका हुन्। बादल अन्तिम समय सम्म दुबै पक्षलाई मिलाउन लागि परेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समूहका सात मन्त्रीले सामूहिक राजीनामा दिए पनि बादलले राजीनामा दिएका छैनन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८