• जेठ ३, २०८१, बिहीवार Thursday, 16 May, 2024

नेकपामा कस्को कारबाही बलियो !

  • खबरदाता

नेकपामा कस्को कारबाही बलियो !

पुष ७, २०७७
सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले बेग्लाबेग्लै समय र ठाउँमा आज बोलाएको केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

छुट्टाछुट्ट बैठकको मुख्य उदेश्य को कसको पक्षमा छ भनेर देखाउनुको साथसाथै एकले अर्को पक्षलाई कारबाहीको निर्णय गर्ने हुँदा नेकपा औपचारिक रुपमा विभाजित भएको घोषणा मानिनेछ।

प्रचण्ड नेपाल समूहले दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंक्वेटमा केन्द्रीय समितिको बैठक बोलाएको छ। आजको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने बताइएको छ। बैठकको खबर केन्द्रीय कमिटीका नेताहरुलाई गराइएपछि ओली पक्षले आजै बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवासमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

दाहाल नेपाल पक्षले केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको दाबी गरेका छन्। बहुमतका आधारमा ओलीमाथि अनुशासनको कारबाही गरेपछि पार्टी बिधानमा रहेको दुई अध्यक्ष रहने व्यबस्था अनुसार माधव नेपाललाई अध्यक्षको जिम्मेवारी तोक्ने तयारी छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्बाचनको घोषणा गरेपछि प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक गतिबिधिको अर्का अध्यक्ष पुष्पकमल दाहाल माधव नेपाल पक्षीय नेताहरुले बिरोध गर्दै सडक र कानुनी संघर्षको घोषणा गरेका छन्।

  • प्रकाशित मिति : पुस ७, २०७७, मंगलवार ०५:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८