• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

बालकुमारी सुस्त मनःस्थिती विद्यालयको अध्यक्षमा न्यौपाने

  • खबरदाता

बालकुमारी सुस्त मनःस्थिती  विद्यालयको अध्यक्षमा न्यौपाने

पौष ६,२०७७

बालकुमारी सुस्त मनःस्थिती कल्याण विद्यालयको व्यवस्थापन समितिको २७ औं अभिभावक भेलाले सम्पन्न भएको छ ।
सो भेलाले दिननाथ न्यौपानेको अध्यक्षतामा ९ सदस्य बिद्यालय व्यवस्थापन समिति गठन गरेको छ।

उक्त भेला संस्थाका केन्द्रिय अध्यक्ष मुक्तिनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।

बिद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरूमा चन्दा सहयोगीका तर्फबाट रजनी मास्के, अभिभावकहरूको तर्फबाट दुर्गा गौतम, गणेश गिरी, सम्झना मरहठ्ठा, अम्बिका क्षेत्री रहेका छन। यस्तै वडा प्रतिनिधीबाट गंगादेबी पोखरेल, शिक्षक प्रतिनिधीबाट बनुषा घिमिरे र सदस्य सचिवमा विद्यालय प्रधानाध्यापक बुद्धिमान गुरूङ चयन भएका छन।

समिति गठन शिक्षा महाशाखा भरतपुर महानगरकी अनिमा घिमिरे, वार्ड नं १ की प्रतिनिधि राममाया पिया, लेखाजोखा केन्द्रका संयोजक इन्द्रबहादुर पौडेलको रोहबरमा तथा सल्लाहकार राजकुमार श्रेष्ठको उपस्थितिमा सम्पन्न भएको हो ।

सोही समारोहमा विद्यालयलाई तीन दशक देखि सेवा पुर्‍याउँदैउँदै आएका सेवा पुर्ब प्रधानाध्यापक पूर्णकान्त कोईरालालाई उनले पुर्‍याएको योगदानको कदरस्वरूप दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

  • प्रकाशित मिति : पुस ६, २०७७, सोमवार १४:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८