• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

चितवनमा ३६ बालिका बलात्कृत, ४ महिला बेचिए


चितवनमा ३६ बालिका बलात्कृत, ४ महिला बेचिए

पौष ५, २०७७
चितवन । चितवनमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा न्यूनिकरण हुन सकेको छैन। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका बढि निशानामा परेका छन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक पूर्व समिक्षा कार्यक्रममा बोल्दै इन्सेक जिल्ला संयोजक दिपेन्द्र अधिकारीले एक वर्षमा चितवनमा ५१ जना महिला बलात्कृत भएको जनाए
जसमध्ये १८ वर्षमुनिका ३६ जना बालिका छन् भने १५ जना महिला छन् ।

०७६ पुष १७ गतेदेखि ०७७ मंसिर मसान्त सम्मको तथ्याङ्कलाई हेर्दा १२ जना महिलामाथि बलात्कार प्रयास भएको छ । यसमा पनि ५ जना बालिका रहेका छन् । त्यस्तै जिल्लामा ढेड वर्षीय एक बालक सहित १३ जनाको हत्या भएको छ । जसमध्य ४ जना महिला रहेका छन् ।

६ जना बालिका माथि बाल यौन दुव्र्यवहारको घटना भएको छ भने बुहविवाहका १४ घटनामा पनि महिला पीडित भएका छन् । तथ्याङ्क अनुसार ३ महिलाले आत्महत्या दुरुत्साहनका कारण ज्यान फालेका छन् । यो एक वर्षमा ४ जना महिला बेचिएका छन् भने वम विस्फोट घटनामा विप्लवका १ पुरुष कार्यकर्ता पक्राउ परेका छन् । चितवनमा हात हतियार शीर्षकमा १ जना पुरुष र राज्य विरुद्ध अपराधमा पनि विप्लवकै ५ जना पुरुष गरी ६ जना पक्राउ परेका छन् ।

शिक्षित र विकसीत जिल्ला भनिएको चितवनमा बालिकाहरुनै गम्भीर प्रकृतिका घटनामा पर्नु लज्जास्पष्द विषय भएको भन्दै यसलाई रोक्न सवै लाग्नुपर्नेमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारी श्रेष्ठले जोड दिइन् ।

उनले कति घटनाहरु त भित्रभित्रै मिलाइदिन दबाब आएपनि आफूले कानुन अनुसार नै छिनोफानो गर्न पठाउने गरेको बताइन् । इन्सेकका घटना प्रहरीमा दर्ता भएको मात्रै तथ्याङ् रहेको र यो वाहेक कयौँ घटना दर्ता विनानै घटीरहेको भन्दै भौतिक विकास सँगै मानवीय सचेतना र कानुन कार्यान्वयनमा दबाब दिनुपर्नेमा अधिकारकर्मीहरुको जोड थियो ।

कार्यक्रममा मानवअधिकारकर्मी राजेन्द्र पौडेल र महिला शसक्तिकरण अभियान चितवनकी अध्यक्ष संगिता भट्टराइले जनचेतनालाई बढाउँदै कानुन कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिए । साथै सचेतनाका कार्यक्रम शहरकेन्द्रीत भन्दा पनि वास्तविक पीडित समक्ष पुग्नेगरी संचालन गर्नुपर्नेमा उनीहरुको सुझाव थियो ।

  • प्रकाशित मिति : पुस ६, २०७७, सोमवार ०७:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८