• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

सरकारको कदमविरुद्ध कांग्रेस र नेकपाकै रिट


सरकारको कदमविरुद्ध कांग्रेस र नेकपाकै रिट

पुष ६,२०७७

काठमाडौं । सर्वोच्च अदालतमा सरकारको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस र राष्ट्रपतिको अनुमोदनविरुध्द प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरोधी खेमाबाट रिट दायर हुने भएको छ । कांग्रेस र नेकपाका नेताहरुले आफूहरुले रिट दायर गर्ने बताएपछि आइतबार प्रतिनिधि सभा विघटनविरुद्ध परेका तीन रिट पनि आज दर्ता गर्ने सेड्युलमा सर्वोच्च प्रशासनले राखेको छ ।

हिजो साँझ सिंहदरवारमा बसेको नेकपाको प्रचण्ड–माधवकुमार नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुबीच रिट दायर गर्ने पनि सहमति भएको एक नेताले बताए । रिटको तयारी गर्नका लागि कांग्रेस नेता रमेश लेखकलाई जिम्मेबारी दिइएको छ ।

आइतबार सर्वोच्चमा प्रतिनिधि सभा विघटन विरुद्धमा तीन वटा निवेदन पेस भएका थिए । दलहरुले पनि रिट दायर गर्ने अनौपचारिक जानकारी गराएपछि सर्वोच्च प्रशासनले आइतबार परेका निवेदन सोमबारमात्रै दर्ता गर्ने तयारी गरेको छ ।

सर्वोच्च प्रशासनका अनुसार अधिवक्ता कञ्चननकृष्ण न्यौपाने, अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसी तथा अधिवक्ताद्वय समृत खरेल र सुलभ खरेल छुट्टाछुट्टै निवेदन दायर गरेका हुन् ।

तीन वटै निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदन संविधान विपरित भएको जिकिर गर्दै बदर गर्न माग गरिएको छ । यो विषय अत्यन्तै महत्वपूर्ण भएकाले तत्काल प्रारम्भिक सुनुवाइ गरेर कार्यान्वयन नगर्नका लागि अन्तरिम आदेशको माग पनि निवेदनमा गरिएको छ ।वर्णनबाट

  • प्रकाशित मिति : पुस ६, २०७७, सोमवार ०५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८