पौष ६,२०७७
चितवन । चितवनको सौराहामा बन हात्ती धपाउन उपकरण जडान गरिएको छ । उक्त उपकरणको प्रयोग गरी हात्ती धपाइने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए।
पछिल्लो समय निकुञ्जबाट आउने बन हात्तीले स्थानीयहरुको घर भत्काउने वालीनालीमा क्षती पुर्याउने भएपछि यो उपकरण जडान गरिएको हो । यद्यपी उपकरण परीक्षण कालमै रहेको तामाङले जानकारी दिए।
महावीर पुनको नेतृत्वमा संचालित राष्ट्रिय आष्किार केन्द्रले निकुल्क उपलब्ध गराएको उक्त उपकरणको प्रभावकारीता वारे परीक्षण भइरहेको छ । उपकरणमा बन हात्तीलाई भगाउन सहयोग पुर्याउने १० प्रकारका विभिन्न आवाजहरु रहेका छन ।
यही परीक्षणको समय माडी ठोरी लगायत अन्य क्षेत्र जहाँ हात्तीले निरन्तर नोक्सान पुर्याइरहेको हुन्छ सोलार छर व्याटिङबाट चार्ज गरिने हात्ती आएको थाहा हुनासाथ घरबाट फोन गर्ने र त्यही फोन आउँदा बज्ने आवाजले हात्ती भाग्ने बताइएकोछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८