• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

बालुवाटरमा सुरक्षा परिषद्को बैठक चल्दै

  • खबरदाता

बालुवाटरमा सुरक्षा परिषद्को बैठक चल्दै

पौष ५,२०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल मन्त्री हुन् ।

अध्यक्ष दाहाल पक्षका दुई मन्त्री रामबहादुर थापा, लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल सहित आफ्नै दलको फरक गुटका नेताले विरोध गर्दै सडकमा उत्रन थाले पछि सुरक्षा परिषद्को बैठक डाकेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरक्षा परिषद्को बैठक बसिरहेको छ । सुरक्षा परिषद् बैठकमा बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायतको उपस्थिति छ ।

 

  • प्रकाशित मिति : पुस ५, २०७७, आइतवार ११:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८