पौष ५,२०७७
चितवन । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
राजिनामा दिने मन्त्रीहरुमा घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल , विना मगर र रामेश्वर राय यादव रहेका छन।
तर पूर्वमाओवादी पक्षबाट मन्त्री भएका गृहमन्त्री थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले भने राजीनामा दिएनन् । अन्य ७ मन्त्रीले राजीनामा घोषणा गरिँदा गृहमन्त्री बादल र उद्योगमन्त्री भट्ट बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा ब्यस्त थिए।
बादलले यसअघि पार्टी एकता कार्यान्वयन गराउनका लागि महाधिवेशनसम्म आफू तटस्थ रहने बताउँदै आएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८