• असोज २२, २०८१, मंगलवार Tuesday, 08 October, 2024

ओलीको कदमप्रति चितवनमा उनकै कार्यकर्ताको विरोध सभा

  • खवरदाता

ओलीको कदमप्रति चितवनमा उनकै कार्यकर्ताको विरोध सभा

पौष ५, २०७७
चितवन । आइतवार विहान अकस्मात रुपमा संसद विघटनको सिफारिस ल्याएको प्रति आक्रोश व्यक्त गर्दै सरकार पक्षकै भातृ संगठनहरुले विरोध सभा गरेका छन् ।

चितवनको भरतपुर स्थित चौविककोठीमा आकस्मिक रुपमा आयोजना गरिएको उक्त विरोध सभामा केपी ओलीकै कार्यकर्ताले उनीविरुद्ध चर्को नारावाजी गरेको थिए । नेकपा सम्वद्द जनवर्गीय संगठनहरुद्धारा गरिएको उक्त सभामा गणतान्त्रीक शक्तिहरु एक हौँ, पार्टी एकता जिन्दाबाद, पार्टी फोड्न पाइदैन, एक पक्षिय असंवैधानिक कदम खारेज गर जस्ता नाराहरु उनीहरुले लगाएका थिए ।

युवासंघ चितवनका जिल्ला अध्यक्ष मधु न्यौपानेले कार्यक्रमलाई सम्वोधन गरेका थिए । उनले यो सांकेतिक विरोध मात्र रहेको बताए । यदी राष्ट्रपतिले ओलीको सिफारिसलाई अस्विकार नगरे जुनसुकै कदम पनि उठान आफूहरु तयार रहेको बताए ।

उनले भने,“माउ नेता भनेर वस्ने बेला होइन । जसले असंवैधानिक कदम उठाउँछ त्यसविरुद्ध हामी पहिले देखि लड्दै आएका हौँ र अव पनि लडिरहन्छौँ । ” कार्यक्रम युवा नेता रोहीत सुवेदीले संचालन गरेका थिए ।

 

  • प्रकाशित मिति : पुस ५, २०७७, आइतवार ०८:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८