• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

संसद विघटन सिफारिस : ओलीद्धारा आफूले आफैलाई असक्षम घोषणा– सभापति श्रेष्ठ

  • खबरदाता

संसद विघटन सिफारिस : ओलीद्धारा आफूले आफैलाई असक्षम घोषणा– सभापति श्रेष्ठ

 

पौष ५, २०७७
चितवन । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केपी ओली पहिले देखिनै सरकार चलाउन असक्षम रहेको बताएका छन् ।
आज ओलीले संसद विघटनको सिफारिस गरेपछि उनले भने,“कोरोना महामारीमै उनी असक्षम भइसकेका हुन् । उक्त कुरालाई ओलीले आज पौष ५ गते आफै प्रमाणीत गरिदिए ।” झण्डै झण्डै दुई तिहाइको सरकारले संसद विघटन गर्नु लज्जास्पद रहेको उनको भनाइ थियो ।

उनले थपे,“लोकतान्त्रीक आन्दोलनमा एक दिन पनि जेल नवसेका ओलीलाई वास्तविक संसद र वास्तविकर सरकार भनेको के हो भन्ने नै थाहा छैन । यो अवस्था आउँछ भन्ने हामीले आकलन गरेका थियौँ र आयो पनि । ”

ओलीको आजको निर्णयबाट कम्युनिष्टहरु कहिल्यै पनि मिल्न सक्दैनन् भन्ने प्रमाणीत गरिदिएको उनले बताए । साथै उनले कम्युनिष्टले कहिल्यै पनि सरकार चलाउन नजान्ने जिकिर गरे ।

अव काँग्रेस के गर्छ भन्ने प्रश्नमा श्रेष्ठले भने,“पार्टीको आधिकारिक धारणा एक बजे बस्ने काँग्रेस केन्द्रीय कमिटीले निर्णय गर्नेछ । मेरो व्यक्तिगत रुपमा भने ओलीको यो कार्यप्रति घोर आपत्ती छ मलाइ आशा छ ओलीले विघटन गरेपनि त्यो भन्दा उपल्लो निकायले अ‍ोलीको गलत कदमलाइ सच्चाउला । ”
शनिवार एक्कासी राजनैतिक परामर्शमा दौडिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार सवेरै संसद विघटनको सिफारिस गरेका छन् । उनले उक्त निर्णय शितल निवासको परामर्शमै गरेको जानकारहरुको बुझाई छ ।

बिहान बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव राखेका थिए । उनी शितल निवासमा उक्त सिफारिस लिएर गइरहदा देशभर यसको चौतर्फि विरोध भइरहेको छ ।

  • प्रकाशित मिति : पुस ५, २०७७, आइतवार ०७:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८