• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

अन्तत: ओलीले गरे संसद विघटनको सिफारिस

  • खबरदाता

अन्तत: ओलीले गरे संसद विघटनको सिफारिस

सनिवार दिनभर राजनीति परामर्श गरेका ओलिले आफू कमजोर देखेपछी यो निर्णय लिएका हुन।

पौष ५ ,२०७७
शुक्रवार साझ देखि सनिवार दिनभर आन्तरिक भेटघाटमा ब्यस्त ओलिले अन्तत संसद विघटनको सिफारिस गरेका छन।

पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।

आकस्मिक रुपमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्ने निर्णय गरेको जनाइएको छ ।

बिहान चण्डसँग वार्ता गर्नुअघि ओलीले आकश्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

मन्त्रीपरिषद बैठक अघि ओलीले आफू निकट नेताहरुसँग छलफल समेत गरेका थिए । आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए । शितल निवाशको समेत परामर्शमा ओलिले संसद बिघटको निर्णयमा लिएका हुन।

नेपालको संविधानको धारा ८५ को १ मा यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछु भन्ने उल्लेख छ।

तर संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ।

  • प्रकाशित मिति : पुस ५, २०७७, आइतवार ०५:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८