• फागुन २, २०८१, शुक्रवार Friday, 14 February, 2025

आज ७१० संक्रमित थपिँदा, ११७५ निको भए

  • खवरदाता

आज ७१० संक्रमित थपिँदा, ११७५ निको भए

पौष–४, २०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ११७५ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । यो ९५.८ प्रतिशत हुन आउँछ ।

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ७८० जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।

आज चितवनमा ५ र काठमाडौं उपत्यकामा २८१ जना संक्रमित थपिए । देशमा थप १२ जनाले ज्यान गुमाउँदा कुल संख्या १७७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ४२१ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २७९ र भेन्टिलेटरमा ५१ जनाको उपचार भइरहेको छ । हाल काठमाण्डौ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने मनाङ्ग जिल्लामा संक्रमितको संख्या सुन्य रहेको छ ।

  • प्रकाशित मिति : पुस ४, २०७७, शनिवार १२:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८