• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

भेटघाटको तिब्रतासँगै ओलिको कित्ता बलियो बन्दै

  • खबरदाता

भेटघाटको तिब्रतासँगै ओलिको कित्ता बलियो बन्दै

पौष ४,२०७७
चितवन । नेकपाको आन्तरिक विवादमा गुट परिवर्तनको शृङ्खला अझ कायमनै छ । पछिल्लो समाचार अनुसार शुक्रवार पूर्व प्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री केपी ओलीको बिचमा भेट वार्ता भएको छ । यो भेटवार्ता पछि खनाल ओली प्रति सकारात्मक रहेको जनाइन्छ ।

यत्ति मात्र होइन, बामदेव निकट पनि तटस्थ रहने तथा सम्भवतः ओलीको पक्षमा रहने ओली निकट श्रोतले जनाएको छ । यसो भयो भने संसद्,स्थायी कमिटी र केन्द्रीय कमिटीमा नै ओलीको पल्ला भारी हुने सो पक्षको आङ्कलन छ ।

नेकपा नेताहरूको यो भेटघाटको क्रम शनिवार पनि बाक्लिएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुलचोक पुगे । नेकपामा अध्यक्ष समेत रहेका ओली शनिवार विहान खुमलटारस्थित प्रचण्ड निवासमा उपाध्यक्ष वामदेव गौतम र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली खुमलटारबाट फर्किएर लगत्तै गृहमन्त्री थापालाई भेट्न पुलचोकस्थित मन्त्री निवास गएका हुन् । उक्त भेटवार्तामा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए ।

यसैबिचमा बरिस्ठ नेता माधबकुमार नेपाल प्रचण्ड निवास पुगेका थिए। नेपाल पुग्नासाथ प्रधानमन्त्री ओली निस्केका थिए।ओलि फर्किएपछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबिच खुमलटार केही बेर कुराकानी भएको थियो ।त्यसपछी नेपाल र प्रचण्डबिच पनि छलफल भएको थियो। सनिवार नेकपा भित्रको माहोल अलि बडि तातेको बुझिन्छ ।

  • प्रकाशित मिति : पुस ४, २०७७, शनिवार ११:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८