• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

‘बुढी राप्ती सरसफाई’

  • खवरदाता

‘बुढी राप्ती सरसफाई’

सरसफाईमा जुटे सरोकारवाला

पौष ४, २०७७ ।
चितवन । सौराहाको प्रवेशद्धारा मानिएको बुढीराप्ती खोलामा सरसफाई अभियान चलाइएको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह सौराहाको संयोजकत्वमा उक्त नदीको सरसफाई गरिएको हो । विभिन्न संघसंस्था, प्रहरी, सेना, निकुञ्जका कर्मचारी तथा स्थानीय गाउँलेहरुको सहभागीतामा उक्त सरसफाई गरिएको हो । अभियान्ताहरुले यस्ता सरसफाईका कार्यक्रमलाई निरन्तरता दिइरहने बताए ।

यसैसन्दर्भमा क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले सवैको चासोले सुरु भएको यो सरसफाइ अभियानलाई निरन्तरताको खाँचो ररिहरने बताए । उनले भने,“यस कार्यक्रमले घुमौँ सौराहा अभियानलाई पनि सहयोग पुग्नेछ । किनकी यो सौराहा प्रवेशको मुख्य ढोका हो ।”

आगामी दिनमा यो सरसफाई अभियानको कार्यक्रमलाई आफूले सधैँ अगुवाई गरिरहन चाहेको मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेको भनाई थियो ।

उनले भने,“सरसफाई गर्ने भन्दा पनि यो परिस्थिती सृजना हुन नदिनेतर्फ हामीले सचेतना अपनाउनुपर्छ ।”
कार्यक्रमको सिलसिलामा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले क्लीन सौराहा ग्रीन सौराहा गराउन यस्ता खाले अभियानले ठूलो मद्दत पुग्ने बताए ।

कार्यक्रमको अध्यक्षता गरेका बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङको अध्यक्षतामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम पश्चात उनले भने,“महाभारतबाट सुरु भएको यो खोलालाई शिरदेखि पुछारसम्मका मानववस्तीले हेपेका छन् । अव हामीले सरसफाई साथ साथै उक्त जनसमुदायलाई पनि सरसफाई सम्वन्धि सचेतना सिकाउदै अगाडि बढ्नुपर्ने समय आएको छ ।

  • प्रकाशित मिति : पुस ४, २०७७, शनिवार १०:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८