• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

हराएको ११ बर्षमा मिनी वेगम बंगलादेश पुग्दै, प्रधानमन्त्री पत्नी शाक्यले विदाई गर्ने


हराएको ११ बर्षमा मिनी वेगम बंगलादेश पुग्दै, प्रधानमन्त्री पत्नी शाक्यले विदाई गर्ने

वेवारिसे भेटिएकी उनी हेरिसक्ने अवस्थामा थिइनन् । कुहिएको हात, दुर्घन्धित शरिर, दुब्लो, बोल्न नसक्ने अवस्थामा उनलाई मानव सेवा आश्रममले उद्दार गर्यो । पाँच महिना अघि सामान्य होसमा आएकी उनको बंगलादेशमा रहेको परिवारसँग सम्पर्क भएपछि थाहा भयो की ११ बर्ष अघि नेपाल घुम्न आउँदा परिवारसँग उनी छुटेकी रहिछीन् ।

केपी शर्मा – पौष ४ , २०७७
भरतपुर । कुरा २०७२ साल बैशाखको हो । चितवनको रामनगरबाट दुई तीन पटक एक वेवारिसे महिला रहेको जानकारी प्राप्त भयो मानवसेवा आश्रमलाई । जुन ताका चितनवमा मानवसेवा आश्रम भर्खरै मात्र संचालनमा आएको थियो । जसको मुख्य भूमिकामा थिईन् सुसिला केसी ।

सूचना प्राप्त भएपछि वैशाख २५ गते मध्यान्हमा स्थानीय प्रहरीको सहयोगमा रामनगरबाट एक महिलालाई उद्दार गरियो । विना लुगाकी जिङ्रिग कपाल भएकी, लामो समयसम्म भोकाएकी जस्ती देखिने र एउटा हात कुहिएको अवस्थामा अन्दाजी ५० बर्षकी उनलाई सुसिला केसीको समुहले उद्दार गरी मानवसेवा आश्रम पुर्यायो । त्यसपछि सरसफाई पश्चात दुई चार दिन राखेर उपचारका लागि भरतपुर अस्पताल लगियो र उपचार सुरु भयो । वेनामी ती महिलालाई गिता मानव भनेर न्वारन समेत गरियो ।


मनोरोगी समेत रहेकी उनको उपचार जारी भएको लामो समयपश्चात अर्थात् ५ महिना अघिबाट मात्रै सामान्य होस आउन थालेपछि उनको वास्तविकता थाहा हुँदै गयो । नेपाली भाषा बुझ्ने मात्रै तर बोल्न नजान्ने, हिन्दी पनि बोल्न नसक्ने कारणले गर्दा उनको वास्तविकता पत्ता लागिरहेको थिएन । तर मानव सेवा आश्रममै रहेकी आसामकी एक जना दिदीले ती महिलाले बोलेको भाषा सुनी बंगलादेशको रहेको बताएपछि मानव सेवा आश्रमले उनलाई परिवारमा पुनर्मिलन गराउन पहल सुरु गर्यो । हात कुहिएको अवस्थामा भेटिएको उनको एउटा औँला भने उपचार गर्दा गर्दै गुमिसकेको थियो ।
त्यसपछि मानव सेवा आश्रम प्रदेशनम्वर २ का संयोजक देवेस गुप्ताको पहलमा बंगलादेश दुतावासका एमडी महसुद अलामसँग यस बारेमा परामर्श गरियो । यो कुरा सुनेर अलाम चितवनमै आए । उनले धेरै प्रयास गरे । सोधखोज गरे । त्यसपछि वल्ला थाहा भयो उनी वंगलादेशको गईबन्धि डिस्ट्रिक, पलासबारी भन्ने गाँउको रहिछिन् ।

लामो प्रयासपछि उनको परिवारसँग सम्पर्क भयो । उनको परिवारमा ३ छोरी, २ छोरा गरि ५ जना सहित नातीनातीना पनि रहेको कुरा थाहा भयो । केही समय अघि देखि परिवारसँग उनको बारम्वार कुरा भइरहेको छ । उद्दार गर्दाको स्मरण गर्दै केसीले भनिन्,“नजिक जान नसक्ने अवस्थाका बाबजुत उद्धार गरेर भरतपुर अस्पतालमा लगेर उपचारपछी बल्ल आश्रममा लगियो। अहिले निको भएर परिवारसँग पुनर्मिलन गराउँदा पाउँदा खुसीको सीमा नै छैन ।”

उनलाई दुतावासको सहजीकरणमा स्वदेश लैजाने भएपछि मानव सेवा आश्रम चितवनले पौष २ गते एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी एवम् मानवसेवा आश्रमका अभिभावक नारायण भट्टराई लगायत ओमकार कडेँल द्धारा बिदा गरी हेटौँडा पठाइयो ।

चार्टड फ्लाइट मार्फत पुष ८ गते आफ्नो घर बंगलादेश जाने उनी अहिले काठमाण्डौ पुगिसकेकी छिन् । उनीसँगै मानव सेवा आश्रमकी सुसिला केसी र अन्य एक जना सहयोगी पनि बंगलादेश सम्म पुनर्मिलन गराउन जाने निधो भइसकेको छ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अभिभावकको नाताले पौष ७ गते विदाई गर्ने कार्यक्रम समेत रहेको छ ।

उनीसँगै अर्का एक बङ्गलादेशी नागरिक ३५ वर्षीय बालुलाल मानव पनि एकैदिन फर्कने मानवसेवा आश्रम हेटौंडाका अभियान्ता होमनाथ पौडेलले जानकारी दिए ।

मानव सेवा आश्रमले यस अघि पनि बंगलादेशकै नागरिकहरुलाई उद्दार गरी परिवारिक पुनर्मिलन गराइसकेको छ ।

  • प्रकाशित मिति : पुस ४, २०७७, शनिवार ०९:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८