पौष ४, २०७७
चितवन । चितवनमा लायन्सक्लवहरुद्धारा महिला स्वास्थ्य सचेतना सम्वन्धी कार्यक्रमको आयोजना गरेका छन् ।
कार्यक्रममा क्यान्सर अस्पतालका सर्जन डा गंगा सापकोटा, भरतपुर अस्पतालका फिजिसियन डा विवेक कडेँल, क्यान्सर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सरिता राना गुरुङ तथा सीएमसीका फिजिसियल डा. बसन्त शर्माले स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा गर्भावस्थामा हुने मधुमेह रोग सम्वन्धी महत्वपूर्ण जानकारी गराएका थिए ।
समयमै चिकित्सकको परामर्श नलिदा यस्ता रोगहरुले जटिल अवस्था सृजना हुने उनीहरुले बताए ।
कार्यक्रम चितवन चौतारीका अध्यक्ष लायन डा गंगा सापकोटाको अध्यक्षतामा भएको थियो ।
डिस्ट्रिक कोअर्डीनेटर लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
लायन्स क्लव अफ वैदीकनगर, चितवन चौतारी, चितवन नवलपुर समृद्धी र लियो क्लव अफ बैदिकनगरको संयुक्त आयोजनामा भएको कार्यक्रम लायन पूर्णप्रसाद शर्माले संचालन गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८